२ माघ

चितवन : चितवनको भरतपुर महानगरपालिका–१ देवघाटस्थित त्रिशुली नदीमा सोमबार मकर नुहाउने क्रममा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–३ का ७८ वर्षीय पदमनाथ अधिकारी रहेको चिवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

मृतक अधिकारी करिब १०ः३० बजे नुहाउने क्रममा अचानक ढुङ्गाबाट चिप्लिएर त्रिशूली नदीमा खसेको बताइएको छ । उनलाई घटनास्थलबाट ३०० मिटर तल त्रिशूली र कालीगण्डकीको संगम बेनीमा बगाइरहेको देखेपछि सुरक्षामा खटिएको टोलीले उद्धार गरेको थियो ।

गम्भीर घाइते भएका अधिकारीको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रहरीको भनाइ छ । उनको शव भरतपुर अस्पतालमा राखिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here