३० पुष
पोखरामा लाईन्स क्लव अफ डिस्टीक ३२५ वि १ ले आयोजना गरेको वक्तित्वकला प्रतियोगितामा लाईन्स क्लव अफ कूश्मा सिटि पर्वतको तर्फवाट एल.सि.एफ कोअर्डिनेटर मूना शर्मा लामिछानेले जित हासील गरेकी छन् । धौलागिरी स्तरको प्रतियोगितामा विजयी भई क्षेत्रिय स्तरको प्रतियोगिताका लागी छनौट भएकी थिईन् । कलष्टर ९ अन्तरगत ३६ वटा क्लवका प्रतियोगीहरुलाई पछि पार्दै क्षेत्रिय स्तरको प्रतियोगितामा प्रथम हुन सफल भएकी हुन ।

निकट भविश्यमा केन्दिय स्तरमा आयोजना हुने प्रतियोगितामा भाग लिनका लागी क्षेत्रिय स्तरमा छनौट हुने एक मात्र महिला प्रतियोगी रहेकी छन् । महिलाहरुले मात्र संचालन गरेको लाईन्स क्लव अफ कूश्मा सिटीले क्षत्रिय स्तरको वक्तीत्व कला प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको यो पहिलो पटक रहेको कूरा कूश्मा सीटीका अध्यक्ष रीता के.सी भण्डारीले वताईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here