पर्वत । पर्वत कुश्मा नगरपालिका ११ सिल्मीका दलित महिलाहरु संगठित भएका छन् । महिलाहरुले सिल्मी ग्रैरवारी महिला समुह गठन गरि संगठित भएका हुन् ।

समुहले दुर्गामाया नेपालीलाई अध्यक्षमा चयन गरेको छ । समुहको उपाध्यक्षमा गिता वोहोरा नेपाली, सचिवमा सौभाग्य नेपाली क्षेत्री, सहसचिवमा बविता नेपाली गिरी, कोषाध्यक्षमा सम्झाना नेपालीलाई चयन गरिएको छ ।

समितिको सदस्यमा प्रेमी नेपाली, लक्ष्मी सार्की, मिरा नेपाली, सुनिता नेपाली, मायाकुमारी सार्की र टुका नेपालीलाई चयन गरिएको छ । समितिको सल्लाहकारमा समाजसेवी टंकप्रसाद शर्मा सुवेदी र मिनवहादुर नेपाली रहनुभएको छ ।
समुह गठन पश्चात कार्यक्रममा बोल्दै सल्लाहकार टंकप्रसाद शर्मा सुवेदीले महिला आर्यआर्जन तथा आफे हक अधिकारका लागि एक जुट भएर लाग्न सुझाव दिनुभयो ।

त्यस्तै अर्का सल्लाहकार तथा समाजसेवी मिनवहादुर नेपालीले महिलाहरुको जिविको पार्जनका लागि विभिन्न तालिम प्रदान गर्ने तथा विकास निर्माण सँगै सहकार्य गरेर अगडी बढ्ने बताउनु भयो । साथै कार्यसमितिलाई शुभकामना समेत दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here