२८ पुष
पर्वत मानव अधिकारको विश्वव्यापी आवधिक समिक्षा सिफारिसहरुको कार्यान्वयन अवस्थाका विषयमा पर्वतमा छलफल गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग ललितपुरको आयोजनामा भएको कार्यक्रममा देशको समग्र मानव अधिकारको अवस्थावारे छलफल गरिएको थियो ।
कार्यक्रममा जिल्लाका मानवअधिकारवादी र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

समुहगत रुपमा गरिएको छलफलले महिलाको मानव अधिकारको अवस्थामा सुधार भएपनि सहजरुपमा मानव अधिकारको उपभोगको अवस्था अझै नभएको अधिकारकर्मीहरुको भनाई थियो । कार्यक्रममा यौन हिंसा सम्ंबो धन नभएको , बलात्कार , घरेलु हिंसा, वालविवाह, बहुविवाह, दाईजो प्रथा जस्ता हिंसा खेप्न बाध्य भएको , अपर्याप्त कानून, कानूनको प्रभावकारी कार्यान्वयनमा समस्या हुँदा महिलाले न्याय पाउन नसके को विषय छलफलमा उठाइएको थियो ।

राष्ट्रिय मानव अधिकारका क्षेत्रिय कार्यालय पोखराका निमित्त प्रमुख नितु गर्तौलाले महिलाका सवालमा सबै को चासो र सरोकार हुनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।
उहाँले महिला अधिकार को प्रत्याभूतिका लागि आयोगले निरन्तर काम गरि रहेको वताउनुभयो । कार्यक्रममा मानव अधिकार संगठनका अध्यक्ष हरिनारायण रेग्मी,शिक्षाविज्ञ राजेन्द पहाडी, नेपालवार पर्वत ईकाईका अध्यक्ष विश्वराज पाण्डे, लोकतान्त्रिक गैसस महासंघ पर्वतका अध्यक्ष गणेशवहादुर क्षेत्री, इन्सेक प्रतिनिधी किशोर सापकोटा,महिला अधिकारकर्मी,माया अधिकारी सिता केसी, सरस्वती भण्डारी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन मानव अधिकार आयोग केन्द्रिय कार्यालयका वद्री सुवेदीले गर्नुभएका थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here