२८ पुष

बनेपा : काभ्रेको धुलिखेल नगरपालिका बाँसघारीमा शुक्रबार दिउँसो ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार विपरीत दिशाबाट आएको बा ६ ख १९४३ नम्वरको मालबाहक ट्रकले बा ५९ प ८९५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा धुलिखेल नगरपालिका ११ पात्लेखेतका ५२ वर्षे राजकुमार ठकुरीको घटनास्थलमै मृत्यु भएको डीएसपी महेन्द्र मरासीनीले जानकारी दिए ।

उनका अनुसार विपरीत दिशाबाट आएको एलपी ट्रकले ठक्कर दिँदा ठकुरीको मृत्यु भएको हो । प्रहरीले ठक्कर दिने ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here