२७ पुष
पर्वत /पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जा देउरालीमा बुधबार साँझ जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन ।
राम्जा देउरालीबाट डिमुवा तर्फ आउँदै गरेको ग १  ज ६०८१ नम्बरको जीप साँझ राम्जाको ठुलीपोखरी भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि कास्कीको भाचोक घर भएका जीपका सहचालक २२ बर्षिय बिद्ये नेपाली , मोदी गाउँपालिका ६ दराकका २० बर्षिय आबिस्कार गिरी, मोदी गाउँपालिका ८ चित्रेका ६ बर्षिया बिजय नेपाली रहेका छन ।

घाइते मध्ये दुई जनालाई उपचारका लागि पोखरा पठाइएको छ भने अन्य घाइतेको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here