संजय रेग्मी
पुष २५, २०७४

पर्वत : पर्वतको जलजला गाउँपालिका वडा नं. ४ शालिजामा सोमवार साँझ भएको ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यू भएको छ । स्थानीय ठोट्नेरीबाट मिलनचोकका लागि छुटेको ग १ त २३९५ नम्बरको खाली ट्रयाक्टर भोटेडाँडा स्थित भित्रि कच्चि सडक खण्डमा सडकबाट खस्दा जलजला गाउँपालिका वडा नं. ७ मिलनचोकका १९ बर्षिय सह चालक सागर परियारको मृत्यू भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज लामिछानेका अनुसार ट्रयाक्टर सडकबाट झण्डै ५ फिट तल खसेपछि परियार सोही ट्रयाक्टरमा च्यापिएका थिए । ट्रयाक्टरका चालक जलजला ४ कै २२ बर्षिय दुर्गा बहादुर दर्जी दमै घट्ना लगत्तै फरार रहेको भएपनि राती अबर फोन सम्पर्कमा आएका छन । मृतक परियारको शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल म्याग्दीमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here