२५ पुष
वीरगन्जकी एक युवतीले आफ्नै ससुराले बलत्कार गर्न खोजेको भन्दै प्रहरीमा उजुरी गरेकी छन । वीरगन्जका अधिवक्ता मन्सुरबाबु सिद्दकी कि धर्मबुहारीले आफ्नै ससुराबाट बलात्कारको प्रयास भएको आरोप लगाएकी छिन ।
वीरगन्ज महानगरपालिका – १३ राधेमाईमा डेरामा बस्दै आएका अधिवक्ता मन्सुरेले पर्सा जिल्लाको धोबिनी घर भएका विकास पटेललाई बलत्कारको प्रयास गरेको आरोपमा उल्लेख छ । मन्सुरेले धर्म परिवर्तन गराई स्थानीय पटेल युवकलाई विकाउ मियाँ नामाकरण गरी छोराका रुपमा स्विकारेका थिए । एउटी श्रीमतिले छाडेपछि दोस्रो श्रीमतिको रुपमा कलैया कि १८ बर्षे किशोरीलाई मुस्लिम परम्परा अनुसार निकाह गराएर भित्राएकी बुहारीले नै बलत्कारको प्रयास भएको आरोपसहित प्रहरीमा उजुरी गरेपछि प्रहरीले दुवै पक्षलाई छलफल गराएर छाडेको छ ।
प्रहरीसँगको बयानका क्रममा बुहारी पटेलले भनेकी छन ‘सुसुरा माहापापी छ, श्रीमानलाई घर बाहिर बाहिर राख्ने र मलाई अँगालो हाल्ने, ओछ्यानमा पछार्ने र जबरजस्ती गर्ने खोज्ने कार्यले म पीडित छु ।
प्रहरीका अनुसार अहिले नै केही भन्न नसकिने भन्दै अनुसन्धान कार्य भइरहेको र दोषीलाई कानून अनुसार कारवाही गरिने उनले बताए ।