२३ पुष

पर्वत, देशैभरका महिला स्टेशन म्यानेजरहरुलाई सम्मान गर्ने भएको छ । महिलाहरुको एकल ब्यावस्थापनमा संञ्चालन भएको रेडियो दिदिबहिनीले बिगत बर्षहरुमा जस्तै यसबर्ष पनि यहि फाल्गुण १६ गते देखि २६ गतेसम्म १०८ औं अन्तराष्टिय श्रमिक महिला दिवसको अबसर पारि बृहद दशौं महिला महोत्सवको आयोजना गर्दैछ ।

अध्यक्ष चापागाईले पत्रकार सम्मेलनमा भनिन् पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा रहेको रेडियोले बिगत देखि नै बिभिन्न महोत्सवहरु गर्दै आएको छ ।  दोस्रो दिदी बहिनी कप आयोजना गर्दैछौं प्रथम दिदिबहिनी कपको आयोजनाबाट सिकेको पाठलाई झै मजबुत बनाउँदै यसपाली दोस्रो दिदी बहिनी कप राष्टिय महिला भलिवल प्रतियोगिता जसले देशभरका महिला खेलाडीहरु पर्वत आउनेछन् त्यसले महिलाहरुले खेलाडी बनेर देशको सेवा गर्न सक्छन । जुन कुरालाई हामीले पर्वतमा पहिलो पटक आयोजना गरेको प्रथम दिदिबहिनी कपको आयोजनाको कारण सरकारले भलिबल खेललाई राष्टिय खेलको मान्यता पनि दिएको थियो यो हामीहरुको लागि निकै सफलताको कुरा हो । यस्तै हामीले यसपाली बिल्कुलै नयाँ रुपमा देशैभर रहेका रेडियोहरुबाट महिला स्टेशन म्यानेजरहरुलाई पर्वत जिल्लामा बोलाएर सम्मान गर्दैछौं । जसको कारण आम नेपाली नारीहरुमा संचारकर्मी बन्ने प्ररेणा बनोस । महिलाहरु अब चुलो चौकोमा मात्रै सिमीत नभएर देशका बिशिष्ठ स्थानहरुमा आफुलाई दरीलो रुपमा प्रकट गर्न सकुन ।

उनले थपिन बिगतमा हामीले यी कामहरु गर्न कोसिस गर्दा धेरै चुनौतिहरुको सामाना गर्नुपर्यो । शुरुमा हामीलाई हौसला दिनेहरुको भन्दा निरुत्साहित गर्नेहरुको संङख्या धेरै थियो सकिदैन कि भन्ने पनि थियो तर जब हामीले साच्चीकै आफैलाई बिश्वास र हामीलाई माया गर्ने लाखौं दिदी बिहीनीका सहयात्री दर्शक श्रोतालार्ई सम्झीयौं त्यसपछि हामी सफल भएका छौं । अहिले पनि त्यहि हो । हामीले सपना देखेका छौं पुरा अबश्य हुनेछ । हामीले आयोजना गरेका महोत्सव मध्य हामीलाई घाटा परेको महोत्सव भनेको पोहोर साल गरिएको महोत्सव हो । त्यो महोत्वि पनि घाटा जाने थिएन होला त्यहि समय लगातार चार दिनसम्म पानी पर्यो । कार्यक्रमहरु हुन सकेन । कलाकार खेलाडीहरु पर्वत आईसक्नु भएको थियो यहाँहरुलाई हामीले बोलेको जति रकम दिइएका थियौ । उहाँहरुले कार्यक्रम गर्ने र दर्शक पानी परेको कारण आउन नसक्ने भयो । होटलहरुमा पनि उहाँहरुलाई खाना खुवाउनै पर्यो यस्तै यस्तै कारणहरुले गर्दा पोहोर साल घाटामा परिएको हो ।

अन्यथा हामीले आयोजना गरेका महोत्सवहरु सफल नै छन् । माथी मैले भनिएका दुई कुराहरु बाहेक रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, बिद्यालय स्तरीय सामुहिक नृत्य तथा बक्तीत्वकला प्रतियोगिता,उत्कृष्ठ र्याली तथा झाकी प्रतियोगिता, बिशेषज्ञ सेवासहितको निशुल्क स्वास्थ्य सिबिर, राष्टिय तथा स्थानिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुतीहरु, जनचेतना मुलक कार्यक्रमहरु गर्ने छौं । सामाजीक कामको रुपमा हामीले बिगत बर्ष जस्तै यसबर्ष पनि जेष्ठ नागरीक सम्मान, अनाथ बालवालिका, एकल महिला, अपाङ्गलाई सम्मान गर्दैछौं । साथै हामीले यस महोत्सवमा पशु पर्दशर्नी, कृषी पर्दशनी साथै महिला उद्यमी तथा बिशिष्ठ ब्यक्तीहरुलाई सम्मान कार्यक्रम आयोजना गरिएको छ । साथमा महोत्सवको अर्को आर्कषणको रुपमा वाल उद्ययन र रमाईलो मेला पनि हुनेछ यसको साथमा झण्डै १५० पति ब्यावसायीक स्टलहरु पनि हुनेछन् । पुरस्कार राशी एकदमै ठुलो खालको छ ।

देश तथा बिदेशमा रहेका र हामीलाई मन पराउने सबैलाई यस महोत्सवलाई सफल पार्न आफ्नो अबस्था अनुसारको सहयोग गर्न अपिल गरेका छौं । जसको कारण उहाँहरुले प्रायोजन गर्ने पुरस्कार तथा अन्य सहयोग हाम्रा श्रोता तथा महोत्सवमा आउने दर्शकहरुका अगाडी उहाँहरुले आफुले प्रायोजन गरेको रकम आफ्नै हातबाट हस्ताण्तरण गर्ने ब्यावस्था मिलाएका छौं । हामीले पहिलो देखि निरन्तर नबौं महिला महोत्सवसम्म आउँदा यसै गरेर आर्थीक ब्यावस्थापन गरेका छौं । आशा छ यसपाली पनि उहाँहरुको सहयोग अझै उल्लेखनिय रुपमा जारी रहनेछ ।  यसपाली पनि हामीले पबित्र सोचको साथ महोत्सवको आयोजना गरेका छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here