२३ पुष

नयाँ दिल्ली: चारा घोटालाकाण्डमा दोषी ठहरिएपछि भारतको बिहार राज्यका मूख्यमन्त्री लालुप्रसाद यादवलाई तीन वर्षको जेल सजाय भएको छ ।

चारा घोटालामा देवघर कोषागारबाट ८९ लाख, २७ हजार रुपैयाँको अवैध निकासी मामिलामा राँचीको सीबीआई अदालतले बिहारका पूर्व मुख्यमन्त्री एवम् राष्ट्रिय जनता दलका प्रमुख लालु प्रसाद यादवलाई साढे तीन वर्षको सजाय र पाँच लाख जरिवाना तोकेको हो ।

लालू प्रसाद यादव अब जमानतका लागि उच्च अदालत जाने भएका छन् । यस मामिलामा अदालतले फुल चन्द, महेश प्रसाद, सुनिल कुमार, बाँकी जूलियस, सुधीर कुमार र राजा रामलाई पनि साढे तीन वर्ष जेल सजाय सुनाएको छ । उनीहरुमाथि पनि जनही पाँच लाख जरिबाना तोकिएको छ ।

पूर्व विधायक जगदीश शर्मा लाई अदालतले सात वर्षको सजाय र २० लाख रुपैपाँ जरिवान गर्ने फैसला सुनाएको छ ।

यस मामिलामा शुक्रवार लालू, आरके राणा, जगदीश शर्मा तथा तीन वरिष्ठ पूर्व आईएएस अधिकारीसमेत १६ जनाको सजायबारेमा अदालतमा लामो बहस भएको थियो । विशेष अदालतले २३ डिसेम्बरमा चारा घोटालाको मामिलामा लालूसमेत १६ आरोपीलाई दोषी ठहर्‍याएको थियो ।

राष्ट्रिय जनता दल (राजद) प्रमुख लालु प्रसादले शुक्रवार सीबीआईको विशेष अदालतले सुनाइएको सजायलाई लिएर केही नरम हुन आग्रह गरेका थिए । लालु प्रसादका वकील चितरञ्जन कुमारदे लालुलाई कम भन्दा कम सजाय दिन भनेका थिए ।

उनले लालुको खराब स्वास्थ्यका कारण अदालतलाई नरम भइदिन अनुरोध गरेका थिए । उनको ‘मुटुको भल्भ’ फेरिएको छ। उनी कयौँ बिरामीका कारण औषधि पनि खाइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here