२२ पुष

विराटनगर । देश भक्त  जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले मुलुकको समस्या समाधान गर्ने भन्दापनी माओवादीलाई एमालेसंग पार्टी एकिकरण गर्न हतारो भएको वताएका छन् । विराटनगरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा गजुरलले एमालेलाई भन्दापनी अहिले माओवादीलाइ  पार्टी एकताका लागी हतार भएको वताए । उनले एमालेले पार्टि एकिकरणको पक्षमा खासै चासो नदेखिएको अध्यक्ष गजुरेलको भनाई छ ।

उनले वाम गठवन्धन विच पार्टि एकताको संभावना रहेको भएतापनी दुवैपार्टी विचको एकताले  मुलुक र जनताको हितको लागि केही फरक नर्पने वताए । उनले जनताले  राजनितिक स्थिरता र मुलुकको स्थाईत्व चाहेकाले त्यसतर्फ दलहरुको ध्यान जानु आवश्यक रहेको वताए ।

उनले माओवादी र एमाले बाम गठवन्धन नभएर दक्षिणपन्थी गठवन्धन भएको आरोप समेत  लगाए । एमाले र माओवादी पार्टिले पहिलेनै संसदीय व्यवस्था अंगाली सकेको उनको भनाई थियो ।

वर्तमान सरकारले प्रदेशको मुकाम तोक्ने विषयमा जनता-जनता वीच  लडाउन खोजेकाले जनताको भावना र सवैलाई मान्यहुनेगरी प्रदेशको मुकाम तोक्नुपर्ने उनले वताए । उनले काम चलाउ भई सकेको वर्तमान सरकारले राज्यकोषको दुरुपयोग गरिरहेको वताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here