२१ पुष

काठमाडौं । अहिले प्रदेश १, २, ५ र ७ को राजधानीको विषयलाई लिएर दिनहु आन्दोलन भइरहेको छ । प्रदेश १ को राजधानी धनकुटा बनाउन माग गर्दै आम हड्ताल नै जारी छ ।

प्रदेश ७ को राजधानी डोटी बनाउन माग गरेर त्यहाँ पनि आमहड्ताल चलिरहेको छ । प्रदेश ५ को राजधानी बुटबल र लुम्बिनी बनाउन पनि विभिन्न आन्दोलन जारी छन् ।

प्रदेश २ को राजधानी वीरगञ्ज बनाउन पनि आवाज उठेका छन् । अन्य प्रदेशका बारेमा अहिले खासै विवाद भएको छैन ।

राजधानी यहाँ बनाउँछु भनेर स्थानीय तहको निर्वाचनदेखि लिएर प्रतिनिधि र प्रदेशसभाको निर्वाचनसम्म चुनावी एजेन्डा उम्मेदवारले बनाए । दलले बनाए । अहिले शान्त छन् ।

विशेषगरी सरकारले अस्थायी राजधानी बनाएर तत्कालको अवरोध चिर्ने प्रयास गरिरहँदा प्रमुख प्रतिपक्षी एमाले शान्त छ । किन ?

यसबारे एमाले सचिव प्रदीप ज्ञवालीले हाम्राकुरासंग यसो भने –

‘अहिले गतिरोध अन्त्यका लागि तत्काल कुनै एउटा अस्थायी राजधानी चाहिन्छ, त्यसका लागि तोकिँदैछ । यही नै अन्तिम भन्ने हैन । पछि प्रदेशसभामा चुनिएर आएका साथीहरुले यसबारे सही मताधिकार प्रयोग गर्नुहुनेछ ।

त्यतिबेला पूर्वाधारदेखि लिएर सेवा सुविधाका सबै कुराहरु हेरिन्छन् । त्यतिबेला प्रदेश ५ को राजधानी बुटवल कि दाङ भन्ने उहाँको स्वविकेक प्रयोग गर्नु हुने नै छ ।

अहिले मैले यो वा त्यो भन्नु उपयुक्त देख्दिन । मेरो यसमा कुनै राय पनि छैन । यत्ति हो हामीले त्यसका लागि प्रतिक्षा गर्नुपर्छ ।’

हाम्राकूरावाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here