१९ पुष
चितवन: दुई विद्यार्थी संगठनका विद्यार्थीबीच विवाद भई झडप हुँदा चारजना घाइते भएका छन् ।

जिल्लाको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीबीच क्याम्पसमै झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सामाजिक सञ्जालमा क्याम्पसबारे गरिएको टिप्पणीलाई लिएर दुई विद्यार्थी संगठनका विद्यार्थीबीच झडप भएको थियो ।
घाइते हुनेमा अनेरास्ववियुका किसन घिमिरे, विकलचन्द्र श्रेष्ठ रहेका छन् भने अनेरास्ववियु क्रान्तिकारी का श्रीराम आचार्य र नितिलेश अधिकारी रहेका छन् । घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घाइते सबैको टाउकामा चोट लागेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here