फाईलफोटो
१९ पुष
तिनाउ, बाँदर ठानेर हानेको गोली लागेर पाल्पामा एक व्यक्तिको मृत्यु भएको छ । गोली लागी तिनाउ गाउँपालिका–६ मस्यामका ६२ वर्षीय धनबहादुर थापाको मृत्यु भएको हो ।
३६ वर्षीय बलबहादुर लम्तरीले बाँदर ठानेर ताकेर गोली हानेका थिए । तर, बाटोमा हिँडिरहेका धनबहादुरलाई गोली लागेको प्रहरीले जनाएको छ । गोली लागी धनबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली हान्ने बलबहादुरलाई भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।नयापत्रिका अनलाईनवाट