१८ पुष

पर्वत , उत्तर—दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा निर्माण हुने दुई मोटरेबल पुलको एकै दिन सोमबार शिलन्यास गरिएको छ ।
कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने मोदीखोल र लमायखोलामा निर्माण हुने मोटरेवल पुलको एकै दिनमा शिलन्यास गरिएको हो ।
कालीगण्डकी लोकमार्गको पर्वत खण्ड निर्माणका लागि निरन्तर खटिरहेका प्रदेशसभा सदस्य बिकास लम्सालले एकै दिनमा शिलन्यास गरेका छन । लोकमार्गको पर्वत र स्याङ्गजा खण्डमा चार वटा मोटरेबल पुल निर्माण हुँदैछन ।

यसैगरी फलेबास नगरपालिकाको देबिस्थान र कुर्घा जोड्ने गरि लामायखोलामा पनि पक्की मोटरेबल पुल निर्माण कार्य सुरु भएको छ । लमायखोला ५ करोड १३ लाख २ हजारको लागतमा पुल निर्माण हुने लोकमार्ग आयोजनाले जनाएको छ । पुल २५ मिटर लामो र ११ मिटर चौडाईको हुने आयोजना प्रमुख नारायणदत्त भण्डारीले बताए । यो पुल पनि २०७६ साल असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यस बाहेक पर्वतको बिहादी गाउँपालिका र स्याङ्गजाको कृष्णगण्डकी गाउँपालिकाको बिचमा पर्ने सेतीबेणी र स्याङ्गजाको मिर्मीमा आँधीखोलामा पनि पुल निर्माणको तयारी भैरहेको भण्डारीले बताए । यी चार वटा पुल निर्माण पनि स्याङ्गजाको मिर्मी देखि पर्वतको मालढुंगा सम्मका ५५ किलोमिटरमा बाह्रै महिना यातयात चल्नेछन । लोकमर्गको पर्वत खण्डमा २ किलोमिटर मात्रै ट्रयाक खोल्न बाँकी छ ।
मोटरेबल पुल शिलन्यास गर्दै प्रदेशसभाका सदस्य बिकास लम्सालले कालीगण्डकी लोकमार्ग पर्वतबाट बागलुङ्ग तर्फ गएपछि पर्वत खण्डलाई क्षेत्रिय सडकमा झारिएको पनि लामो प्रयास र दबाबपछि मात्रै पर्वत खण्डमा काम भएको बताए ।

उनले पर्वत खण्डमा निर्माण हुने चार वटा पुलको काम सम्पन्न भएपछि मुस्ताङ्गबाट सोझै गैंडाकोट सम्म सवारी चल्ने र पर्वतको आर्थिक र सामाजिक क्षेत्रमा ठुलो परिर्वतन आउने छ भने । ‘पर्वतको आर्थिक बिकासको मेरुदण्डको रुपमा रहेको लोकमार्ग सम्पन्न भएपछि यस क्षेत्रमा ठुलो परिर्वतन आउनेछ ।

पुल शिलन्यास कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि पौडेलले पर्वत जिल्लाको उत्तर दक्षिण जोड्ने पुल निर्माण पछि आर्थिक क्षेत्रमा ठुलो परिर्वतन आउने र जिल्लाको समग्र बिकास हुने बताए । फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले पर्वत जिल्लाको सम्बृद्धिका लागि कालीगण्डकी लोकमर्ग महत्वपुर्ण हुने बताए ।
कार्यक्रममा नेकपा (एमाले० पर्वतका उपाध्यक्ष भक्त कुवँर, पुर्व जिबिस सदस्य मेघनाथ सुबेदी, निर्माण ब्यबसायी ओम गौचन लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here