१८ पुष

एजेन्सी : उत्तर कोरियामाथि दशकौँदेखि नाकाबन्दी र अन्तर्राष्ट्रिय प्रतिबन्ध लागिरहेको छ । तर कहिले काहीँ उत्तर कोरियाले अन्य देश जस्तै व्यापार गरेर देखाउँछ ।

सेप्टेम्बरमा प्योङ्गयाङ्ग अटम इन्टरनेशनल व्यापार महोत्सवका आयोजकले भनेका थिए, ‘२५० भन्दा धेरै घरेलु र विदेशी कम्पपनी उत्तर कोरियाको राजधानी प्योङ्गयाङ्गमा आफ्ना उत्पादनको प्रदर्शनमा जुटेका थिए ।’

बिबिसीका अनुसार प्योङ्याङ्गमा भएको यो व्यापारिक महोत्सवमा सिरिया, चीन, क्युबा, इरान, इटाली, इन्डोनेसिया, भियतनाम र ताइवान जस्ता देशले भाग लिएका थिए । यस महोत्सवलाई मिडियामा सफल भनिएको थियो ।

उत्तर कोरियाको व्यापारिक कारोबारमाथि लगातारको प्रतिबन्ध लगाउने क्रम रोकिएको छैन । गत डिसेम्बर २३ मा त झनै कडा आर्थिक प्रतिबन्ध उत्तर कोरियामाथि लगाइएको छ ।

यसमा उत्तर कोरियामाथि तेलको निर्यात र खाद्य सामग्री, मेशीनरी तथा विद्युतीय उपकरणको आयातमा रोक लगाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here