पुष १६,

रोशन तिवारी

पर्वत नेपाली काँग्रेस पर्वतले राष्टिय मेलमिलाप दिवस आज एक कार्यक्रमका वीच मनाएको छ । कार्यक्रममा बोल्दै वक्ताहरुले काँग्रेसमा शुद्धिकरणको आवश्यकता औल्याएका छन् । पार्टिमा मेलमिलापको नीति हराएको र इमान्दारिताको खडेरी देखिएको भन्दै यसलाई सच्चाउनु आवश्यक रहेको वक्ताहरुले वताएका छन् ।

नेपाली काँग्रेस पराजित हुनुका पछाडीका कारणहरुलाई मसिनो गरि समिक्षा गरेर अव विपीको सिदान्तमा पार्टि नफर्किने हो भने काँग्रेस नाम मात्रैको हुने उनीहरुले वताएका हुन् । विपीको मेलमिलापको नीति आजको आवश्कता रहेको काँग्रेसी नेताहरुले वताएका छन् ।

कार्यक्रममा वोल्दै प्रमुख आतिथी काँग्रेस पर्वतका पूर्व पार्टि सभापति नवराज गुरुङले काँग्रेसभित्र देखिएको संगठनात्मक कमजोरीको खोजी गर्नुृपर्ने वताउनुभयो । व्याक्तिवादी सोचले पार्टि चल्न नसक्ने उहाँको भनाई छ । कार्यकर्ताहरुमा उर्जा भर्न र क्रियाशिल वनाउन सबै काँग्रेसी नेता अभिभावक भएर लाग्नुपर्ने गुरुङले जोड दिनुभयो ।

पार्टिको पराजयको विषयमा जिल्ला कार्यसमितिले समिक्षा गर्न चासो नदेखाएको उहाँले वताउनुभयो । उक्त कार्यक्रममा महासमिति सदस्य भवानीशंकर पाध्या, महासमिति सदस्य वसन्तवहादुर सिके, जिल्ला सदस्य डा. चुडामणी शर्मा,  लोकतान्त्रिक गैसस महासंघका जिल्ला अध्यक्ष गणेशवहादुर क्षेत्री,भूपू सैनिक संघका जिल्ला अध्यक्ष खड्कवहादुर कार्कि, प्रजातन्त्र सेनानी हरिप्रसाद शर्मा, कर्मचारी यूनियनका पूर्व अध्यक्ष पर्शुराम पुरी, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सदस्य रमाकान्त शर्मा, टेड यूनियन काँग्रेसका अध्यक्ष गुरुप्रसाद शर्मा र प्रेश यूनियन पर्वतका  सचिव उत्तम अधिकारी  लगायतले वोल्नुभएको थियो ।

नेपाली काँग्रेस जिल्ला पार्टि उपसभापती दुर्गावहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रमको स्वागत जिल्ला सदस्य सरस्वती शर्मा ‘जिज्ञाशु’ ले गर्नुभएको थियो भने सञ्चालन जिल्ला सदस्य कुलप्रसाद पाध्याले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here