१५ पुष

रामकृष्ण लामिछाने,

पर्वत ।फर्निचर तथा फर्नीसिङ ब्यवसायी सघं पर्वतको पाँचौ बार्षिक सभा शनिवार कुश्ममा समपन्न भएको छ ।

उत्त कार्यक्रममा प्रमुख अतिथीको तर्फवाट बोल्दै नगरप्रमुख रामचन्द्र जोशीले “नगरको समिद्धिका लागी सवै फर्निचर तथा फर्नीसिङ ब्यवसायीहरु लागि पर्न आग्रह गर्नुभएको थियो । नगरको विकास भएमा फर्निचर तथा फर्नीसिङ ब्यवसायले गति लिन सक्ने वताउनुभयो ।उहाँले सवै ब्यवसायीहरु संगठित भएर अगाडी बढेमा प्रगती संगै आम्दानी गर्न सकिने बताउनुभयो ।

बैद्य अबैद्य रुपमा संचालीत सवै फर्निचर तथा फर्नीसिङ ब्यवसायलाई अनुगन गरेर दार्ता प्रक्रियामा आउन ”आग्रह गर्नुभयो । सभामा पर्वत उद्योग बाणीज्य संघका अध्यक्ष हरि ओम शर्मा लामिछानेले “पर्वत उद्योग बाणीज्य संघ सधै फर्निचर तथा फर्नीसिङ ब्यवसायी सघं पर्वत संग सहकार्य गर्दै गएको र आगामी दिनमा पनि जाने बताउनुभयो ।

कार्यक्रममा गुप्तेश्वर बहुमुखी क्यामपसका प्रमुख सुवास पन्त,पर्वत उद्योग बाणीज्य संघका उपाध्यक्ष गोपी अधिकारी लगायतले बोल्नुभएको थियो । उक्त सभाको प्रमुख आतिथ्यता कुश्मा नगरपालीकाका नगरप्रमुख रामचन्द्र जोशिले गर्नुभएको थियो । फर्निचर तथा फर्नीसिङ ब्यवसायी सघं पर्वतका अध्यक्ष मथुरा कुमार जोशीको सभापतित्वमा समपन्न सभाको संचालन सचिव भिम वहादुर नेपालीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here