१५ पौष
शिवराज शर्मा
रौतहट,मानव अधिकार तथा शान्ति समाजको २० अौं राष्ट्रिय परिषद बैठक रौतहट जिल्लाको चन्द्रपुरमा सम्पन्न भएको छ । नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञ बहादुर थापाले उद्धघाटन गर्दै शान्ति समाजले लोकतन्त्र र मानव अधिकारमा खेलेको भुमिकाले मूलूकमा विधिको शासन स्थापित गर्न महत्पूर्ण भूमिका खेलेको धारणा राख्नूभयो । उहांले २० औं परिषद वैठकको पूर्ण सफलताको कामना समेत गर्नुभयो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति डाक्टर गंगाधर अधिकारीको सभापतित्व भएको कार्यक्रमको संचालन महासचिव उत्तम पुडासैनी गर्नुभएको थियो । मानवअधिकारकर्मी वेद प्रकाश तिमिल्सिना लगायतका अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

मानव सभ्यताका लागि आणविक अस्त्ररहित विश्व मुल नारा सहित सुरू भएको कार्यक्रममा शान्ति समाजका केन्द्रीय संस्थापक सभापति कृष्ण पाहाडीले समाजमा विलिन हूदै गएको मानविय सभ्यता र व्यवहारको वारेमा चिन्ता प्रकट गर्नुभएको थियो । उहांले हिंसा रहित नेपाल र व्श्वि कहिले हामीले पाउने त्यो तर्फ सवैको ध्यान जान जरुरीर हेको धारणा राख्नू भएको थियो ।

कार्यक्रम रौतहट को चन्द्रनिगाहपुर चोक बाट शुरूवात गरेको शान्ति जुलुस चयनपुर स्थित जनज्योति उमावि को प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियोे । २०अौं राष्ट्रिय परिषद बैठकले ४ बुदे निन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

१ मानवसभ्यताका लागि आणविक अस्त्ररहित विश्व

२ निर्वाचन शुद्धीकरण र सुदृढीकरणका लागि अभियान निरन्तर गर्ने

३ युद्ध निषेध स् शान्ति विशेष अभियान नागरिक सद्भाव यात्रा

४ अनुशासन समिति गठन गर्ने प्रस्ताव पारित गरेको छ ।

कार्यक्रममा ३२ जिल्लाका २५० भन्दा बढी जिल्ला प्रतिनिधि तथा पर्यवेक्षक हरूको सहभागीता रहेको थियो कार्यक्रम रौतहट जिल्ला शाखाले आतिथ्यता गरेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here