१४ पुष

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार आज बिहान बस्ने भएको छ। पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान ८ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।

प्रदेश सभाका समानुपातिक सांसदको सूची टुंग्याउन बैठक बोलाइएको प्रधानमन्त्री देउवाका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए।

प्रदेश र प्रतिनिधिसभा चुनावपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति २५ सदस्यीय हुन्छ। कांग्रेस केन्द्रीय समिति बस्न नसकेको अवस्थामा यो समितिले महत्वपूर्ण निर्णय गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here