१३ पुष

राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेश पारित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता यज्ञमणि न्यौपनले दर्ता गरेको रिट निवेदनमा राष्ट्रपतिले अध्यादेश पारित गर्नुपर्ने, अध्यादेश पारित नगरी प्रधानमन्त्रीको नियुक्ति प्रकृया अघि बढाउन नहुने, निर्वाचन आयोगले समानुपातिकको अन्तिम नतिजा अध्यादेश पारित नभएसम्म सार्वजनिक गर्न नुहने लगायतका विषय समावेश गरिएका छन् । सर्वोच्च अदालतले सो रिटको शुक्रबार पेशी तोकेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here