१३ पुष

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पाँच विषयमा छलफल भएको तथा सरकार गठन र पार्टी एकता प्याकेजमै गर्ने समझदारी भएको  छ ।

समाचार अनुसार ओलीले फोन गरेर बोलाएपछि प्रचण्ड ओली निवास बालकोट पुगेका थिए । उनीहरुबीच दुवै प्रमुखको हैसियतमा रहने गरी एकताको मोडालिटीमा करिब-करिब सहमति भइसकेको  छ । ‘ओलीले सरकारको नेतृत्व गर्दा प्रचण्डले एकीकृत पार्टीको नेतृत्व पाउने गरी नै दुई नेताबीच करिब-करिब समझदारी भइसकेको स्रोतको दाबी छ, त्यस निम्ति अध्यक्ष र सहअध्यक्ष पद रहने कि, दुई वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन हुने गरी तयारी समिति बनाएर जाने भन्ने विकल्पमा छलफल केन्द्रित छ ।’

दुई नेताबीच सवा घण्टा छलफल भएको र प्रधानमन्त्री शेरबहादुर देउवालाई मार्गप्रशस्तका लागि दबाव दिनुपर्ने निष्कर्ष पनि निकालिएको समाचारमा उल्लेख छ । नयाँ पत्रिका दैनिक वाट

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here