१२ पुष

पर्वत , दलिय विवादका कारण रोकिएको कुश्मानगरपालिकाको नगरसभा सोमवार सम्पन्न भएकोछ । कुश्मानगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७४\०७५ का लागि ६१ करोड ३५ लाख ९१ हजार ४ सय ४१ रुपैयाँको वजेट सार्वजनिक गरेको छ ।
नगरसभाले चालु खर्च तर्फ ५ करोड ९६ लाख रुपैयाँ, विषयगत कार्यालयहरुका लागि २ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै पूँजीगत खर्च तर्फ १६ करोड ३ लाख ५ हजार रुपैयाँ विनियोजन भएको छ ।

नगरसभाले गत आर्थिक वर्षमा कार्य सम्पन्न भई भुक्तानी दिन वाँकि योजनाहरुको लागत रकम २ करोड ७९ लाख २१ हजार ४ सय ४१ र सामाजिक सुरक्षा भत्ता वितरणका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ । १४ वटा वडा रहेको नगरपालिकाले वडागत रुपमा एकमुष्ठ रुपमा ६ करोड, ठुला योजनामा ४ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको जनाइएको छ ।

नगरपालिकाले गत आर्थिक वर्षमा १ करोड ५६ लाख ४२ हजार २ सय ४२ रुपैयाँ आन्तरिक आय गरेको छ ।

नगरसभाले कृषिको विकास, सडकको स्तरउन्नती, खानेपानीको व्यवस्थापन, पर्यटन प्रवद्र्धन, स्वास्थ्य, शिक्षा, उद्योग, वन वाताबरण जस्ता विषयलाई प्राथमिकता दिएर वजेट विनियोजन गरेको नगर प्रमुख रामचन्द्र जोशीले जानकारी दिए । दिगो र प्रतिफल दिने पूर्वाधारमा वजेटले जोड दिएको उनको भनाई छ । दलिय विवादका कारण तोकिएको मिति भन्दा ६ महिनापछि नगरसभा सोमवार सम्पन्न भएको हो

विगतमा तामझामका साथ हुने नगरपरिषद यसपाली कोठाभित्र सिमित भएको छ । परिषदमा नगर कार्यपालिकाका प्रतिनिधीमात्रै सहभागी भएका थिए । । असार मसान्तमा गर्ने तय भएको नगरसभा दलिय विवादका कारण रोकिँदै आएको थियो । नगरप्रमुख जोशीले अव कुश्मानगरपालिकाको विकासले गति लिने विश्वास व्यक्त गरे । ढिलै भए पनि नगर परिषद गर्न सवै दलहरु र जनप्रतिनिधि,नगरपालिकाका कार्यकारी अधिकृत लगायत सवै कर्मचारहिरु,संचारकर्मी,नागरीक समाज सवैले सहयोग गरेर सफल भएको भन्दै धन्यवाद समेत दिएका छन् ।
सिमित श्रोत साधनले सवै योजनाहरु एकै पटक समेट्न नसके पनि आगामी दिनमा सवै योजनाहरुलाई डिपिआर गरि निर्माण अगाडी वढाईने धारणा राखे । नगरको विकासका लागी यो पहिलो खुट्कीला भएकाले स साना योजना भन्दा दिर्घकालिन फाईदा दिने योजना तर्फ नगरको ध्यान गएको छ। कूश्मा वजारलाई केन्द्रिकृत गरि कसरी नगरको मूकाम सम्म सजिलै सवै वडा वाट आउन सकिन्छ र नगरको पर्यटनलाइ र व्यपारलाई प्रवर्धन गर्न सकिन्छ त्यस तर्फ सवैको ध्यान जान जरुरी छ यस्मा दलिय स्वार्थ भन्दा माथी उठी सवै जनप्रतिनिधिहरुले सोच्न जरुरी रहेको धारणा राख्दै नगर सभाले पास गरेका निति तथा कार्यक्रम सफल कार्यान्वयनका लागी सवैको सहयोगको अपेक्ष गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here