११ पुष

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपाल प्रदेशसभाअन्तर्गत समानुपातिक स्थान बाँडफाँटमा लाग्दैछ । तर, नेतृत्वले पार्टीमा योगदान गरेका भन्दा पनि आफन्त र नजिककालाई सांसद् बनाउन लागेकामा विवाद बढेको बताइएको छ ।

समानुपातिक स्थान बाँड्न विवाद देखिएपछि राजपा अध्यक्षमण्डल बैठकले  विवाद किनारा लगाउन सकेन । दिउँसोका लागि बैठक बोलाएको बैठकमा नेताहरू अनुपस्थित रहे ।

अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य शरत्सिंह भण्डारीबाहेक अरु नेता उपस्थित हुन नसकेपछि बैठक स्थगन भएको हो । राजपाका महासचिव केशव झाले बैठक मंगलबार पुनः बसी समानुपातिक स्थान बाँडफाँटको टुंगो लगाउने जानकारी दिँदैे समानुपातिक स्थान बाँडफाँटमा दलभित्र सामान्य विवाद रहेको स्वीकारे ।

केही नेताहरू काठमाडौँ उपत्यका बाहिर रहेको र प्रतिकूल मौसमका कारण विमान उड्न नसकेका कारण पनि राजधानी आउन समस्या भएको बुझिएको छ । राजपाले प्रदेशसभा समानुपातिकमा १२ स्थान जितेको छ । त्यही अनुरुप प्रदेश नम्बर २ मा १० तथा प्रदेश नम्बर ५ र ७ मा एक एक स्थान पाएको छ । राजपाले प्रतिनिधिसभातर्फ प्रदेश नम्बर २ मा १० र प्रदेश नम्बर ७ मा एक गरी ११ स्थान जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here