एजेन्सी । अन्तर महादेशीय व्यालिस्टिक मिसाइल परीक्षणपछि संयुक्त राष्ट्र संघले लगाएको नयाँ प्रतिबन्धलाई लिएर उत्तर कोरियाले कडा प्रतिक्रिया दिएको छ । उसले यो प्रतिबन्धबाट आफु युद्धको बाटोमा जान विवश हुने धम्की पनि दिएको छ ।

‘हामी संयुक्त राष्ट्र सं‌घको नयाँ प्रतिबन‍धलाई पुरा खारेज गर्छौँ । यो हाम्रो गणराज्यको सम्प्रभुताको गम्भीर उल्लंघन हो’, सरकारी समाचार एजेन्सी केसीएनएको समाचार अनुसार उत्तर कोरियाली विदेश मन्त्रालयको एक विज्ञप्तीमा भनिएको छ, ‘यसले युद्धको तर्फ जान बाध्य बनाउँदैछ । यसलाई नहटाए कोरियाली प्रायद्वीप र व्यापक क्षेत्रको शान्ति र स्थिरता प्रभावित हुने निश्चित छ ।’

१९ नोभेम्बरमा उत्तर कोरियाले ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको थियो । त्यसपछि संयुक्त राष्ट्र संघले प्योङ्गयाङ्गलाई निर्यात हुने ९० प्रतिशत पेट्रोलियम पदार्थको निर्यातमा रोक लगाइदिएको थियो । नयाँ प्रतिबन्धपछि उत्तर कोरियाको पेट्रोलियम पदार्थसम्म सीमित मात्रै पहुँच पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here