९ पुष

काठमाडौं,  बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा सुधार आएको जानकारी प्राप्त भएको छ । पारिवारिक स्रोतका अनुसार डा देवकोटाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनको स्वास्थ्यमा केही सुधार आएको बताइएको छ ।

डा. देवकोटालाई देखिएको स्वास्थ्य समस्याका बिषयमा उपचारका संलग्न चिकित्सकले समेत परिवारका सदस्यलाई नबताएकोले उनलाई यही रोग लागेको भन्न सक्ने अवस्था भने अहिले नै नरहेको परिवार निकट एक सदस्यले जानकारी दिए । डा. देवकोटासँगै बेलायतमा रहेकी उनकी पत्नी डा. मधु देवकोटाले पनि यस बिषयमा आफन्तहरुलाई कुनै माध्यमबाट जानकारी नदिएको डा. देवकोटाको परिवार नजिकका एक डाक्टरले बताए । ती डाक्टरले भने, ‘ डा. मधुले पनि यस बिषयका कुनै जानकारी गराउनु भएको छैन् । उहाँ साइलेन्ट हुनुहुन्छ ।’

एक ख्याती प्राप्त बरिष्ठ चिकित्सक, जसले हजारौ नेपालीको ज्यान बचाएको छ, यसको अवस्थाका बारेका के भएको रहेछ ? भन्ने जिज्ञासा हुनु स्वभाविक भएको बताउदै ती डाक्टरले भने, ‘हामी सबैको चाहना डा. देवकोटा निको भएर स्वदेश फर्कुन र अझै हजारौ नेपालीको ज्यान बचाउन सकून भन्ने हो ।’ डा. देवकोटा विरामी भएर बेलायतमा उपचार गराइरहेको खवर सार्वजनिक भएपछि नेपालमा मात्र नभएर विदेशमा समेत हजारौ मानिस उनको स्वास्थ्यको कामना गरिरहेका छन् । डा. देवकोटालाई कलेजो वा प्याङ्क्यिाजको क्यान्सर भएको हल्ला चले पनि त्यो निराधार भएको ती सदस्यले बताए । हल्लाका भरमा कुनै व्यक्तिको गोपनियताको हकको हनन् गर्न नहुने ती सदस्यको जिकिर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here