८ पुष

पर्वतबाट निर्वाचित प्रतिनिधीसभाका सदस्य पदम गिरी लाई निजामती कर्मचारी संगठन पर्वतले वधाई ज्ञापन गरेको छ । उक्त अवसरमा गीरीले भ्रष्टचार नगरि निष्पक्ष भएर सेवा प्रवाह गर्न निजामति कर्मचारीलाई आग्रह गरेका छन ।
सेवा प्रवाह गर्ने माध्यम नै कर्मचारी संयन्त्र भएकाले यसले जनतालाई सहज र निष्पक्ष सेवा प्रवाह गर्नुपर्छ’ उनले भने ‘भ्रष्टचारको मानसिकता नराखी सेवा प्रवाह गर्न सके मुलुकको सम्बृद्धिको सपना छिटो पुरा गर्न सकिन्छ ’ उनले मुलुक संघिय संरचनामा प्रबेश गरेका कारण यसलाई सफल बनाउने र पाँच बर्ष भित्र सरकारले लिने सम्बृद्धिका योजनाहरु पुरा गराउन कर्मचारी संयन्त्रको सबैभन्दा महत्वपुर्ण भूमिका हुने धारणा राखे । सरकार सफल हुने र असफल हुने भन्ने कुरा कर्मचारीको सेवा प्रवाह र काम काबार्हीमा पनि निर्भर हुने भएकाले उत्कृष्ट कार्यसम्पादन गर्न आग्रह पनि गरे ।
नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष घनश्याम सापकोटाले संघियतामा कर्मचारीको ब्यबस्थापनको कुरा जटिल बनेको बताउँदै अब बन्ने सरकारले यसलाई सहज बनाउँदै काम गर्नुपर्ने बताए । सरकारले लिने सम्बृद्धिका योजना सफल बनाउन कर्मचारी संयन्त्र पुर्ण तयारीमा बसेको पनि उनले बताए ।
नेपाल निजामति कर्मचारी संगठन पर्वतका अध्यक्ष मिनप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत आधिकारीक ट्रेड युनियन पर्वतका अध्यक्ष उद्दिमराज पौडेलले गरेका थिए भने सञ्चालन सचिब तेजप्रसाद सुबेदीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here