५ पुष

पर्वत,पर्वतबाट निर्वाचित प्रतिनिधीसभा सदस्य पदम गिरीले आफ्नै गाउंको बिद्यालयमा सुबिधा सम्पन्न सभाकक्ष भवन शिलन्यास गरेका छन । उनि सांसदमा निर्वाचित भए पछिको पहिलो काम रहेको छ ।

कुस्मा नगरपालिका वडा नं ३ स्थित काफलचौर माबिमा प्रतिनिधीसभा सदस्य गिरी र प्रदेससभा सदस्य नेत्र अधिकारीले भवनको संयुक्त रुपमा शिलन्यास गरेका हून् । उक्त भवन र्निाण संपन्न भए पछि  ४ सय जना सहभागि अटाउने बिद्यालयका प्रधानाध्यापक लक्ष्मण गौतमले बताए ।
करिब १ करोडको लागतमा बन्ने सभाहलका लागि शिक्षा मन्त्रालयबाट २० लाख बिनियोजन भएको छ भने कुस्मा नगरपालिका, जिल्ला शिक्षा कार्यालय र थप आर्थिक स्रोत संकलन गरि भवन निर्माण गर्ने लक्ष्य राखिएको छ ।

प्रतिनिधीसभा सदस्य गिरी उक्त बिद्यालयका पुर्ब बिद्यार्थी हुन भने बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष समेत भएका थिए । आफुँले पढेको र ब्यबस्थापन समितिको अध्यक्ष भएर काम गरेको बिद्यालयमा सभाहल समयमा नै पुरा गर्न आफुँले पहल गर्ने बताए । सोही अवसरमा प्रतिनिधीसभा सदस्य गिरी र प्रदेससभा सदस्य अधिकारीलाई बिद्यालयले सम्मान समेत गरेको थियो । बिद्यालय ब्यबस्थापन समितिकी अध्यक्ष शान्ति पाध्या देवकोटाले दोसल्ला ओढाएर सम्मान गरेकी थिइन ।

कूश्मा नगरपालिका वडा नं ३ दुर्लुडमा निर्वाचित जनप्रतिनिधि, प्रतिनिधि सभा सदस्य पदम गीरी र प्रदेश सभा सदस्य नेत्र अधिकारीलाई भव्य स्वागत समेत गरेका थिए । उक्त स्वागत तथा विजय सभालाई संवोधन गर्दै प्रतिनिधि सभा सदस्य पदम गीरीले कूश्मा देखि दुर्लुड आउने मोटर वाटोलाई कालोपत्रे गर्ने,विदेशमा रहेका नेपाली यूवाहरुलाई स्वदेशमा नै ल्याई रोजगारीको ग्यारेन्टी गर्ने जस्ता धारणा व्यक्त गरेका थिए । त्यस्तै प्रदेश सभा सदस्य नेत्र अधिकारीले देशमा रहेको भ्रष्टचारलाई निर्मूल गरी स्वदेशी पूजिलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्ने र रोजगारीको सृजना गर्ने धारणा राखेका थिए । दुवै जनप्रतिनिधिहरुले मतदातालाई धन्यवाद ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here