पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद अर्जुनप्रसाद जोशी आज जलजला गाउँपालिका अन्तरगत पर्ने धाइरिङ,शालिजा र लेकफाँटका विभिन्न गाउँमा पुगेर मतदाताहरूलाई धन्यबाद दिनुका साथै काँग्रेस कार्यकर्ताहरूसँग छलफल गर्नुभएको छ । नेता जोशीले एउटा चुनाब हार्दैमा जनतासँगको विश्वास विकासप्रतिको आफ्नो संकल्प र इच्छाशक्तिमा कुनै कमी नआएको वताउँदै भोलिका दिनमा अझ बढि सक्रियताका साथ पर्वतको विकास र समृद्धिमा समर्पित हुने प्रतिवद्घता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल रामकृष्णस नेपाली काँग्रेस धाईरिङका सभापति राजु आचार्यस नेपाली काँग्रेस शालिजाका सभापति बलबहादुर पुनस नेपाली काँग्रेस शालिजाका युवा नेता वुद्धि सुवेदी लगायतले बोल्नुभएको थियो ।

नेता जोशी गाउँ पुग्दा धेरै काँग्रेस कार्यकर्ताहरूले आँखाभरि आँसु निकाल्दै भक्कानो फोरेर रोएको देखिन्थ्यो । कार्यकर्ताहरूको निराशाप्रति नेता जोशीले कुनै हिनताबोध नगरिकन संगठन सुदृढिकरण अभियानमा लाग्न आग्रह गर्नुभएको थियो ।

नेता जोशी आज धाइरिङस शालिजा र बाँसखर्क हुँदै भोलि मल्लाजका विभिन्न गाउँमा पुगेर मतदाता तथा काँग्रेस कार्यकर्ताहरूसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको उहाँका नीजि सचिव बरदान पौडेले जानाकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here