३ पुष

पर्वत–जलजला गाउँपालिकाले ब्यक्तिगत घटना दर्ताको बिद्युतिय अभिलेख राख्न सुरु गरेको छ । पर्वत जिल्लामै पहिलो पटक गाउँपालिकाले नौ वटै वडामा घटना दर्ताको बिद्युतिय अभिलेख सुरु गरेको गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिए । ‘गाउँपालिकाको नौ वटै वडामा सफ्टवयर राखेर घटना दर्तालाई बिद्युतिय अभिलेखमा राख्न सुरु गरेका छौ’ मल्लले भने–‘यो अरु जिल्लामा के छ पर्वत जिल्लामा पहिलो पटक ब्यक्तिगत घटना दर्तालाई ब्यवस्थित बनाउन थालिएको छ ।’ उनले हरेक नागरिकलाई पारदर्शि रुपमा सेवा प्रदान गर्नका लागि ब्यक्तिगत घटना दर्तालाई बिद्युतिय अभिलेखमा राख्न थालिएको बताए ।

बिद्युतिय अभिलेखको शुभारम्भ गर्दै अध्यक्ष मल्लले अव कसैले पनि ब्यक्तिगत घटनामा जनप्रतिनिधि र कर्मचारीलाई झुक्याउन नसक्ने र पारदर्शिता कायम हुने बताए । गाउँपालिकाले वडा अध्यक्ष, वडा सचिव र सामाजिक परिचालकलाई तीन दिने तालिम दिएर अनलाइनमार्फत जन्म, मृत्यु, बसाईसराई, सम्बन्ध बिच्छेदलगायतका काम सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमले बताए ।
‘आइतबारदेखि अनलाइनमार्फत घटना दर्ता गर्नका लागि वडाअध्यक्ष, वडा सचिव र सामाजिक परिचालकलाई तालिम दिन सुरु गरेका छौ’ उनले भने–‘तीन दिन तालिम दिएपछि सबै वडा कार्यालयले ब्यक्तिगत घटना दर्ताको बिद्युतिय अभिलेख राख्नेछन् ।’ गौतमले कतिपय वडाले आइतबारदेखि नै ब्यक्तिगत घटनाको बिद्युतिय अभिलेख राख्न सुरु गरिसकेको जानकारी दिए ।

नौ वटा वडा रहेको जलजला गाउँपालिकाले आइतबारदेखि तीन दिनसम्म वडा अध्यक्षसहित ३० जनालाई घटना दर्ताका लागि तालिम दिन सुरु गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतमले बिद्युतिय अभिलेखले सामाजिक सुरक्षा बितरणमा पारदर्शिता बनाउने बताए ।
ब्यक्तिगत घटना दर्ताको बिद्युतिय अभिलेख राख्नका लागि आइतबारदेखि तीन दिनको तालिम सुरु गरिएको छ । तालिमका अवसरमा जलजला गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द खत्री, वडा नम्बर ३ का कार्यबाहक अध्यक्ष चन्द्रबहादुर जिसी, गाउँपालिकाका नासु भिमप्रसाद अर्याल, भुवन मल्ल लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here