तिमीलाई थाहा छ, है ?
मैलेस
तिमीलाई भन्दा
तिम्रा अक्षरहरुलाई
पहिले भेटेको
मैलेस
तिमीलाई भन्दा
तिम्रा अक्षरहरुलाई
पहिले चिनेको ।
तिमीलाई थाहा छ , है रु
तिमीलाई चिन्नु धेरै अघि
मैले तिम्रा अक्षर चिनेको
तिमिलाई थाहा छ, है रु
तिमीलाई बुझ्नु धेरै अघि
मैले तिम्रा अक्षर बुझेको ।
त्यसैले त तिमी भन्दा
तिम्रा अक्षरसँग ज्यादा परिचीत छु।

मलाई तिमी भन्दा
तिमीले लेखेका अक्षरको माया लाग्छ
मलाई तिमी भन्दा
तिम्रा अक्षर सुन्दर लाग्छन्
मलाई तिमी भन्दा
तिम्रा अक्षर प्यारा लाग्छन्
मलाई तिमी भन्दा
तिम्रा अक्षर प्रेमिल लाग्छन्
अनि
तिमी भन्दा
तिम्रा अक्षरै आत्मिय लाग्छन् ।।

तिम्रा बाबु(आमालाई
तिम्रा गुरु(गुरुमालाई
मेरो हृदय देखीनै नमन्
जस्ले तिमीलाई
अक्षर चिनाए
र अक्षरै लेख्न्न सिकाए
सोच त,
अक्षर नभई दिएको भए
तिमीले के लेख्नु थियो
मैले के पढ्नु थियो
हामी परिचित कहिले हुनुथियो रु
तिनै अक्षरले नै त हो
मैले तिम्रो मन पढेको
अक्षरै नभएको भए
तिमिले के लेख्नु थियो
मैले के पढ्नु थियो रु

यति राम्रा अक्षर लेख्ने
ए अक्षरवाली
तिमी मेरै भैदिए
ती अक्षरहरुसँग
मेरो पनि नाता जोडीन्थ्यो नि
र म भनिदिने थिए
नढाटि सबैलाई
यी मेरि प्रियाका अक्षर हुन्
र प्रियानै मेरि भएपछी
म यो भन्न सामर्थ्य राख्थे
यि अक्षर आधा मेरा पनि हुन्।

सुवास लामिछाने
ठेगना फलेवास नगरपालिका–५हाल काठमाडौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here