२ पुष

काठमाडौं । कम्युनिष्ट गठबन्धनले राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । आईतबार अपराह्न ३ बजे काठमाडौंको होटल अन्नपूर्णमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पछिल्लो राजनीतिक घटना क्रमको बारेमा छलफल हुने बताईएको छ ।

राष्ट्रिय सभा गठनको विषयमा देखिएका विवादको विषय, सरकार परिवर्तन लगायतको विषयमा जानकारी दिन पत्रकार सम्मेलन आयोगजना गरिएको जनाईएको छ । बाम गठबन्धनको यो पत्रकार सम्मेलन निर्वाचन पछिको पहिलो हो । त्यसैले आम मतदातालाई निर्वाचन मा सहभागी भएर मतदान गरेकोमा धन्यवाद दिन पनि पत्रकार सम्मेलन गरिएको गठबन्धनका नेताहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here