१ पुष

अर्को वर्षको मे महिनाको १९ तारिखका दिन उनीहरूको औपचारिक विवाह हुने मिति तय भएको हो ।

केन्जीगंटन राजदरबारको पारिवारिक स्रोतले शुक्रबार दिएको जानकारीअनुसार उनीहरूको विवाह ‘सेन्ट जर्ज चापेल विन्डसर कास्टल’मा हुनेछ । वैवाहिक समारोहमा सांगितिक कार्यक्रमसहितको भोजभतेर पनि हुने र त्यसको सबै खर्च राजदरबारले नै बेहोर्ने भएको स्थानीय सन्चारमाध्यमहरूले लेखेका छन् ।

राजकुमार ह्यारी र मेघानकाबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको थियो भने डिसेम्बर १ मा उनीहरुको संयुक्त तस्वीर पहिलोपटक सार्वजनिक भएको थियो । उनीहरूले पहिलोपटक यसै महिनामा क्रिसमस औपचारिक रुपमा शाही परिवारसँगै मनाउने भएका छन् ।

विवाहपछि उनीहरू केन्जींगटन प्यालेसमा रहेको नटिंगम कटेजमा बस्ने भएका छन् । राजकुमार ह्यारी बेलायती राजगद्दिको पाँचौ नम्बरका हकदार हुन् ।

अमेरिकी चर्चित नायिका मेगान मर्केल र राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए । (रासस/सिन्ह्वा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here