१ पुष
काठमाडौँं– पहिलो र दोस्रोचरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ६४ हजार मतको अन्तरले नेकपा एमाले को अग्रता कायमै रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त जानकारीअनुसार, नेकपा एमालेले ३१ लाख २४ हजार, नेपाली काँग्रेसले ३० लाख ६० हजार, नेकपा माओवादी केन्द्र ले १२ लाख ७३ हजार र संघीय समाजवादी फोरमले नेपालले ४ लाख ५९ हजार मत प्राप्त गरेको छ ।

यस्तै, राष्ट्रिय जनता पार्टी, नेपालले चार लाख ५७ हजार, विवेकशील साझा पार्टीले २ लाख ११ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९३ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फको हालसम्म ९३ लाख ४९ हजार मतगणना पूरा भएको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here