२९ मंसीर

पर्वत– चुनाब पुर्ब घरघरमै पुगेर मत मागेका पर्वतबाट बिजयी उमेदवारहरु प्रचारकै शैलीमा घरघरमा पुगेर धन्यबाद दिन थालेका छन ।
प्रतिनिधीसभामा बिजयी भएका पदम गिरी, प्रदेशसभा १ मा बिजयी नेत्र अधिकारी तथा प्रदेससभा २ मा बिजयी बिकास लम्साल मंगलबार देखि मतदातालाई धन्यबाद ज्ञापन गर्न घरदैलोमा पुग्न थालेका हुन ।

प्रतिनिधीसभा सदस्य गिरी र प्रदेसभा सदस्य लम्सालले मंगलबार मुडिकुवाबाट धन्यबाद ज्ञापन शुरु गरेका छन। मंगलबार नै फलेवास नगरपालिकाको देबिस्थान, खानीगाउँ, ठानामौला, लिमीठाना र कुर्घा पुगेर मतदातालाई धन्यबाद दिएका छन ।  कोणसभालाई प्रतिनिधीसभा सदस्य गिरी र प्रदेससभा सदस्य लम्सालले सम्बोधन गरिरहेका छन ।

धन्यबाद ज्ञापन गर्ने कार्यक्रममा १० दिन सम्म चल्ने भएको छ । पाँच दिन प्रदेशसभा २ र पाँच दिन प्रदेससभा १ मा कार्यक्रमहरु सञ्चालन हुने गिरीले बताए।

यसैगरी प्रदेससभा १ मा बिजयी भएका नेत्र अधिकारीले  नाङ्गलीबाङ्गबाट धन्यबाद ज्ञापन गर्न घरदैलो शुरु गरेका छन । अधिकारीको धन्यबाद ज्ञापन कार्यक्रम मंगलबार नाङ्गलीबाङ्ग र धाइरिङ्गमा सञ्चालन  भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here