२९ मंसीर

स्व.प्रकाश दाहालकी पत्नी तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी  बीना मगर कन्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभामा निर्वाचित सांसद हुन्। केहि महिना अघिसम्म दाहाल परिवारकी बुहारीको रुपमा धेरै चिनिएकी बीनाको अहिले आफ्नै परिचय बनेको छ, सांसद बीना मगर।

चुनाव-प्रचारको क्रममै उनका पति प्रकाश दाहालको ह्रदयघातबाट आकस्मिक निधन भएको थियो।पतिको निधनपछि शोकलाई शक्तिमा बदल्दै  बीना चुनाव प्रचारप्रसारमा खटिएकी थिइन्। आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवारलाई १९ हजार भन्दा धेरै मतान्तरले हराउदै विजयी भइन्।

सांसदमा निर्वाचित भएपछि बीनाको राजनितीक फाँट अझै फराकिलो भएको छ।उनको राष्ट्रिय छवि मात्रै बनेको छैन नीति निर्माण गर्ने ठाउँमा पुगेकी र मन्त्री बन्ने बाटो समेत खुला भएको छ।

बाम गठबन्धनका शिर्ष नेता एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने लगभग निश्चित छ। ओलीको मन्त्रिमण्डलमा बीना मगर मन्त्री बन्ने हल्ला माओवादीमा मात्रै होइन बाम गठबन्धन भित्र समेत चल्न थालेको छ।

बीनालाई मन्त्री बनाउन सासु सिता दाहालले समेत प्रचण्डलाई दबाब दिएको र प्रचण्ड स्वयं पनि बुहारी विनालाई मन्त्री बनाउने मनस्थितिमा रहेको स्रोत बताउँछ।

बीना मगर मन्त्री बनेको अवस्थामा  कुन मन्त्रालय सम्हाल्ने छिन् या मन्त्री नै बन्ने छैनन् त्यसको लागी भने अझैं केहि समय कुर्न पर्नेछ। तर बाहिर आएको हल्ला असत्य सावित नभएमा  बीना मगर मन्त्री बन्ने पक्का छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here