तस्बीर: thahakhabar.com

संजय रेग्मी
मङ्सीर २९, २०७४

पर्वत : हालै सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष तर्पm उम्मेद्वार रहेका पर्वतका २२ जना उम्मेद्वारहरुको धरौटी जफत हुने भएको छ । ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४’ को दफा ७१ अनुसार प्रत्यक्ष तर्पmका उम्मेद्वारहरुले जिल्लामा खसेका कुल सदर मतको १० प्रतिशत मत प्राप्त नगरेमा उनीहरुको धरौटी वापतको रकम जफत हुने व्यवस्था गरेको छ । पर्वतमा प्रतिनिधि सभाको लागि ६९ हजार ८ सय ६३ मत खसेकोमा ६७ हजार ५ सय ८२ मत मात्र सदर भएका छन । यस अनुसार पर्वतबाट प्रतिनिधि सभाको सदस्यमा उम्मेद्वारी दिएका उम्मेद्वारले धरौटी जोगाउन ६ हजार ७ सय ५९ मत पाउनु पर्नेछ । यो नियम अनुसार जिल्लामा बाम गठबन्धनबाट एमालेका उम्मेद्वार पदम गिरी र लाकतान्त्रिक गठबन्धनबाट कांग्रेसका उम्मेद्वार अर्जुनप्रसाद जोशी बाहेक अन्य १२ जना उम्मेद्वारको धरौटी जफत हुने छ । गिरीले ३९ हजार २ सय ७५ मत पाएका छन भने जोशीले २६ हजार ८ सय १९ मत पाएका छन । धरौटीमा जमानत जफतमा पर्नेहरुमा संघिय समाजवादी फोरम (५९), नेकपा माले (५९९), राष्ट्रिय जनमोर्चा (२३४), राष्ट्रिय जनमुक्ति पार्टी (२५५), नयाँ शक्ति पार्टी नेपाल (८१), गान्धीवादी पार्टी नेपाल (३६), एकीकृत राप्रपा (राष्ट्रवादी) (३६), मंगोल नेशनल अर्गनाइजेसन (८२), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल (८८) र ३ जना स्वतन्त्र उम्मेद्वारहरु रेडियो चिन्हकी इन्दुदेवी शर्मा(६), माहुरीका तर्कबहादुर सुनार (५) र शङ्खका विनोद कुँवर (७) छन ।
यसैगरी, प्रदेश सभा (क) तर्पm ४ जना उम्मेद्वारको धरौटी जफत हुने छ । यस प्रदेशमा ३९ हजार ३ सय ५१ मत खसेकोमा ३८ हजार ७ सय २७ मात्र सदर भएका थिए । यसको १० प्रतिशतले ३८ सय ७३ मत ल्याउनेहरुको धरौटी जोगिने छ । जसअनुसार बाम गठबन्धनबाट उम्मेद्वार माओवादी केन्द्रका नेत्रनाथ अधिकारीले २१ हजार ५ सय ८ मत पाएका छन भने, लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस उम्मेद्वार नवराज गुरुङले १६ हजार ६ सय ८५ मत पाएका छन । यी दुई जना बाहेक राष्ट्रिय जनमोर्चा (११९), राष्ट्रिय जनमुक्ति पार्टी (१६६), नयाँ शक्ति पार्टी नेपाल (१४८) र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल (१०१) को धरौटी जफत हुने छ ।
यस्तै, प्रदेश सभा (ख) तर्पm ६ जना उम्मेद्वारको धरौटी जफत हुने छ । यस प्रदेशमा ३० हजार ३ सय ८६ मत खसेकोमा २९ हजार ५ सय ८४ मत मात्र सदर भएका थिए । यसको १० प्रतिशतले २९ सय ५९ मत ल्याउनेहरुको धरौटी जोगिने छ । जसअनुसार बाम गठबन्धनबाट उम्मेद्वार एमालेका विकास लम्सालले १५ हजार ४ सय ३४ मत पाएका छन भने, लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस उम्मेद्वार राजेन्द्रप्रसाद तिवारीले १३ हजार ३ सय ५२ मत पाएका छन । यी दुई जना बाहेक राष्ट्रिय जनमोर्चा (२७४), नेकपा माले (२५२), राष्ट्रिय जनमुक्ति पार्टी (१६२), नयाँ शक्ति पार्टी नेपाल (५५), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल (५१) र चुलेसी चिन्हका स्वतन्त्र उम्मेद्वार यज्ञप्रसाद तिवारी (४) को धरौटी जफत हुने छ । प्रतिनिधि सभामा उम्मेद्वार बनेकाले धरौटी बापत १० हजार र प्रदेश सभामा उम्मेद्वार बनेकाहरुले ५ हजार रुपैयाँ धरौटी बापत जम्मा गर्नुपर्ने नियम ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४’ मा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here