२९ मंसीर

कूश्मा पर्वत शिवालय उच्च मा वि कूश्मामा अध्ययनरत १४ जना दृष्टिविहिन विद्यार्थीहरुका लागी शैक्षिक सामग्री,काठको दराज, झोला,कपि कलम र सरसफाईका लागी सावुन,तुस्टपेष्ट,व्रस लगायतका सामग्री हस्तान्तरण गरेको छ । ईनरह्लील क्लव अफ पर्वतको डिजि भिजिटको अवसरमा रोटरी क्लव अफ पर्वत र ईनरह्लील क्लव अफ पर्वतले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

रोटरी क्लव अफ पर्वतका पूर्व अध्यक्ष शिव शर्मा पौडेल र ईनरह्लील क्लव अफ पर्वतका अध्यक्ष चन्द्रकला लम्सालको जन्मोत्सवको अवसरमा भोजभतेरमा हुने खर्च जोगाई सहयोग सामाग्रीको व्यवस्था गर्नुभएको हो । रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकास प्रसाईले सरसफाईका सामग्रीको व्यवस्था गरि हस्तान्तरण गर्नुभएको हो ।

सामाजिक सेवामा कृयाशिल रोटरी क्लव र ईनरह्लिल क्लवले दृष्टिविहीन विद्यार्थीको आवश्यकतालाई वुझि अध्ययनमा थोरै भए पनि सहयोग होस भनी उक्त सामाग्री हस्तान्तरण गरेका हून । उक्त सामाग्री सामूहीक रुपमा ईनरह्लिलका केन्द्रिय चेरयमेन कमला महर्जन सूवाल र सेक्रेटरी जोनू जोशीले संयूक्त रुपमा हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रमको अध्यक्षता ईनरह्लिल क्लव अफ पर्वतका अध्यक्ष चन्द्रका लम्सालले गर्नुभएको थियो भने सन्चालन जलन केसीले गर्नुभएको थियो ।

त्यसै गरि रोटरी क्लव अफ पर्वतले आगलागी पिडित कूश्मा नगरपालिका वडा नं ५ वस्ने व्यवसायी सावित्री घर्तीलाई खाद्यन्न सहयोग गरेको छ । रोटरी क्लव अफ पर्वतको वोर्ड वैठकको निर्णय अनूसार उक्त आगलागी पिडित घर्तीलाई दैनिक रुपमा आवश्यकता पूरा गर्ने सामग्री सहयोग गर्ने निर्णय भए वमोजिम आज एक समाहरोहका विचमा खाद्यन्न सामाग्री हस्तान्तरण गरिएको कूरा रोटरी क्लव अफ पर्वतका अध्यक्ष विप्लप हमालले जानकारी दिनूभयो ।

उक्त कार्यक्रममा रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाई,पूर्व अध्यक्ष गणेश वहादुर क्षेत्री,प्रेम शर्मा ,शिव शर्मा पौडेल,आगामी अध्यक्ष रामकृष्ण रेग्मी,कोषाध्यक्ष कृष्ण प्रसाद शर्मा,आपाड्ग उत्थान समाजका कार्यक्रम संयोजक जगन्नाथ शर्मा,हरीदत्त शर्मा लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here