२७ मंसीर

सुनसरी : सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका विजय कुमार गच्छदार विजयी भएका छन् । बामगठबन्धनकी भगवती चौधरीलाई ३२१ मतले पराजित गर्दै छैटौं पटक गच्छदार सिंहदरवारको यात्रा तय गर्न सफल भएका हुन् । गच्‍छदारले ३८९७२  मत पाएका छन् भने भगवतीले ३८६५१ मत पाइन् ।

गच्छदार २०४८ साल ,२०५१ साल, र २०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए भने २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा मधेशी जनअधिकार फोरम र २०७० सालको संविधान सभाको निर्वाचनका मधेशी अधिकार फोरम(लोकतान्त्रिक) बाट गच्छदारले चुनाव जितेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here