२७ मंसीर

कालिकोट जिल्ला अस्पताल कालिकोटमा अप्रेसन गरेर सुत्केरी गराएकी चन्द्रा शाहको मृत्यु भएको छ । सोमवार वेलुका ४ वजे अप्रेसन गराएर छोराको जन्म गराए लगतै भएको रक्तश्रावका कारण उनलाई मंगलवार बिहान १० वजे हेलिकोप्टर चार्टर गरेर थप उपचारका लागी शिक्षण अस्पताल महाँराजगञ्ज काठमाण्डौमा लगिएको थियो ।
तर त्यहाँ पुगेको केही समयमा उनको ज्यान गएको पारिवारिक श्रोतले वताएको छ । अत्याधिक रक्तश्रापका कारणले ज्यान जाने खतरा वढेपछि थप उपचारका लागी काठमाण्डौ रिफर गरिएको जिल्ला अस्पताल कालिकोटका प्रमुख डाक्टर कौसल अलीले वताए । उने भने अप्रेसन गरेर वच्चा निकालियो । वच्चा निकालेको केही समय पछि उच्च रक्तश्राप भयो ।

रात भरि लगातार रगत चडाएर राखिएको थियो । तर पछि उनको ज्यान गएको नगएको वारे आफुलाई जानकारी नभएको अस्पतालले वताएको छ । डाक्टर कौसल अलीले आईसियुमा राखिएको छ मृत्युका वारेमा आफुलाई जानकारी नभएको वताए । अस्पतालले मृत्यु स्वीकार नगरेपनि पारिवारिक श्रोतले उनको मृत्यु भईसहेको र अस्पतालवाट वाहिर निकाल्ने तयारी भईरहेको वताएका छन । आफ्न्त राजकुमार शाहीले अस्पतालले आफु जोगिन मृत्यु भएको भन्न नखोजेको हो, मृत्यु भईसकेको हो उनले भने ।

शाहको मृत्यु भएपनि उनको कोखवाट निकालिएको वच्चा भने निकै स्वस्थ छ । गर्भवती भएको ४२ हप्ता पुगिसक्दा पनि सुत्केरी ब्याथा नलागेपछी औषधी प्रयोग गरिएको थियो । औषधी प्रयोग गर्दा सुत्केरी ब्याथा लाग्यो पाठेघरको मुख पनि खुल्यो तर वच्चा जन्मीएन ।

त्यसको बिकल्पमा अप्रेसन गरियो । अप्रेसनकै क्रममा पाठेघर च्यात्तिएर अत्याधिक रक्तश्राव भएर केश जटिल भएपछि नेपाल सरकारको लगानीमा हेलिकोप्टर चार्टर गरेर काठमाण्डौ लगिएपनि ज्यान जोगाउन नसकिएको प्रति आफ्न्तहरु स्तब्ध भएको छ । जिल्ला अस्पताल कालिकोटवाट यस आर्थिक वर्षमा १ सय ६३ जना महिलाहरु सुत्केरी हुन आएका मध्य तीन जनालाई हेलिकोप्टर चार्टर र एक जनालाई गाडीवाट रिफर गरिएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ । जस मध्ये एक जनाको गाडीमा लैजाँदै गर्दा वाटोमा एक जनाको ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here