संजय रेग्मी
मङ्सीर २६, २०७४

पर्वत : पर्वतको कुश्मा स्थित लायन्स क्लब कुश्मा सिटीले जिल्लाकै एक विद्यालयलाई प्रबिधि, शैक्षिक तथा खेलकुद सामग्रीहरु सहयोग गरेको छ । क्लबले कुश्मा नगरपालिका वडा नं. २ खुरकोटमा रहेको कालिका माध्यमिक विद्यालयमा १ थान प्रोजेक्टर सहित, ३ थान ह्वाईट बोर्ड, ५ थान ब्याडमिन्टन सेट, २ थान भलिबल, २ थान नेट र १ थान ग्राफ बोर्ड सौजन्य गरिदिएको हो । जापानका बिभिन्न ५ ओटा लायन्स क्लबसंगको सहयोगमा उक्त सामग्रीहरु विद्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिएको हो । क्लबकी संस्थापक अध्यक्ष सरस्वती भण्डारी, अध्यक्ष रिता के.सी. भण्डारी, सचिब सिताकुमारी पौडेल सुवेदी, कोषाध्यक्ष सरस्वती बस्नेत, सदस्य तथा पत्रकार शान्ति सुवेदी र विद्यालयका पूर्व विद्यार्थी नारायण गिरीले उक्त सामग्रीहरु संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई हस्तान्त्रण गर्नुभयो । कार्यक्रममा बोल्दै क्लबकी संस्थापक अध्यक्ष सरस्वती भण्डारी र अध्यक्ष रिता के.सी भण्डारीले आंपूmहरुले क्लब मार्पmत दुर्गमका क्षेत्रका सुबिधा बिहीन विद्यालयमा विद्यार्थीको सिकाई स्तरमा प्रवद्र्धन गर्न सामग्रीहरु उपलब्ध गराएको बताउनुभयो । सामग्री ग्रहणपछि बोल्दै कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बास्तोला र विद्यालयका प्रधानाध्यापक बाबूराम शर्माले सहयोग उपलब्ध गराएको क्लबका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उक्त कार्यक्रमको संचालन विद्यालयका शिक्षक संजय रेग्मीले गर्नुभएको थियो । सन २०११ मा स्थापना भएको लायन्स क्लब अफ कुश्मा सिटीले बिशेष गरी गरीब, दलित, असाह्य तथा ग्रामिण क्षेत्रमा बिभिन्न सहयोग गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here