साजन परियार । मानव विच रहेका भिन्नता र धर्म विच हुने विभेदलाई अन्त्य गर्न उद्देश्यले निर्माण गरिएको सामजिक चलचित्र ‘जय मानवता’को टेलर तथा गित सार्वजानिक गरिएको छ ।

पर्वतको कुश्मा आज एक कार्यक्रमको आयोजना गरि चलचित्रको टेलर तथा गित सार्वजानिक गरिएको हो । टेलर सार्वजानिक कार्यक्रममा चलचित्रका कलाकार देखी जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।

उक्त चलचित्र ७ लाख लागतमा निर्माण भएको हो । ‘ अग्रज कलाकारलाई सम्मान , नयाँलाई प्रोत्साहन, कला साँस्कृतिको संरक्षण र प्रर्वद्धन हाम्रो अभियान’ मुल नाराका साथ चलचित्रको निर्माण गरिएको पश्चिम नेपाल कला मञ्चले जनाएको छ । धौलागिरीका धार्मिक तथा पर्यटकिय स्थालमा सुटिङ गरिएको चलचित्रमा करिव ४५ जना कलाकारको अभिनय रहेको छ ।

चन्द्र वि.को लेखक तथा सह–निर्देशक रहेको चलचित्रको निर्देशक किसान वि.सीले गर्नुभएको छ । पौष १ गते देखी पर्वत, बागलुङ र म्यादीका शहरमा प्रदृशन गरिने पश्चिम नेपाल कला मञ्चका सचिव ठाकुर रसाईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here