साजन परियार, २५ मंसिर, पर्वत । पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा पनि नेकपा(एमाले) नै अघि देखिएको छ । समानुपातिक तर्फको मतणनाको प्रारम्भिक रिर्पोटमा प्रतिष्पर्धी दलहरुलाई पछि पार्दै नेकपा(एमाले) नै अघि देखिएको हो ।
अहिले सम्म गणना भएको प्रतिनिधीसभाको समानुपातिक मत मध्ये नेकपा(एमाले)ले ५ हजार ३ सय प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ४ हजार ९ सय ७४ मत प्राप्त गरेको छ । यसैगरी माओबादी केन्द्रले प्रतिनिधीसभामा १ हजार ४ सय १२ मत प्राप्त गरेको छ ।
यस्तै प्रदेशसभा तर्फको मत गणनामा पनि झिनो मत अन्तरले नेकपा एमाले नै अगाडी देखिएको छ । एमालेले ४ हजार ८ सय ५७ मत प्राप्त गरेको छ । एमालेले प्रतिनिधीसभामा भन्दा ४ सय ४३ कम मत पाएको छ । नेपाली कांग्रेसले ४ हजार ७ सय ३५ मत पाएको छ । नेपाली कांग्रेसले पनि प्रतिनिधीमा भन्दा २ सय ३९ कम मत प्रदेशसभामा पाएको छ ।
प्रदेशसभामा माओबादी केन्द्रले प्रतिनिधीसभामा भन्दा ४ सय ८३ बढी मत पाएको छ । माओबादी केन्द्रले १ हजार ८ सय ९५ मत प्राप्त गरेको छ । पर्वतमा आईतवार बिहान देखि समानुपातिक तर्फको मतगणना शुरु भएको छ । पाँच वटा समुह बनाएर मतगणना भैरहेको छ ।
समानुपातिकको मतगणना मंगलवार सम्ममा सकिने जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।

2 COMMENTS

  1. अन्य साना दल हरूले पाएको मत पनि सार्वजनिक हुनुपर्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here