२५ मंसीर
पर्वत । पर्वतमा प्रतिनिधीसभा र प्रदेस सभाका सबै सिटमा बिजयी हासिल गरेका बाम गठबन्धनका नेता तथा बिजयी उमेदवारहरुले पाँच बर्ष भित्र पर्वत जिल्लाको काँचुली फेर्ने प्रतिबद्धता जनाएका छन् । २६ वर्षको अन्तरयालमा पर्वत जिल्लाको क्षत्र नं  १ लगायत सवै ठाउमा वामपन्थी उम्मेदवारले जित हासील गरे पछि कूश्मा वजारमा विशाल -याली निकालेका थिए ।

कुस्माबजारको बान्द्रेबिडी चौरमा आयोजित बिजयसभालाई सम्बोधन गर्ने नेता तथा उमेदवारहरुले अहिले सम्म पुरा हुन नसकेको पर्वतबासीको चाहनालाई पाँच बर्ष भित्र पुरा गर्दै जिल्लाको काँचुली नै फेर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन । जनताको विचमा चूनावी अभियानमा गरेका वाचालाई व्यवहारमा उतार्ने संकल्प समेत गरेका छन् ।

पर्वत जिल्लामा पुर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन र जलबिद्यैत लगायतका क्षेत्रमा महत्वपुर्ण काम सम्पन्न गरिने उनीहरुको प्रतिबद्धता छ । पर्वतका मुख्य सडकहरु पाँच बर्षमा कालोपत्रे गर्ने, कृषि, लघुउद्यम, पशुपालन र पर्यटन मार्फत रोजगारी सृजना गर्ने, सबै काठका पोल हटाउने तथा सबै घरमा एक घर एक धाराको अभियान मार्फत स्वच्छ खानेपानी पु-याउने उनीहरुको प्रतिबद्धता ब्यक्त गरेका थिए ।

बिजयसभामा माओबादी केन्द्रका स्थायी समिति सदस्य देबेन्द्र पौडेल,नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेशतिमिल्सीना,प्रतिनिधीसभामा बिजयी भएका एमालेका युवा नेता पदम गिरीले पाँच बर्षमा पर्वतको काँचुली फेर्न काम गर्न नै आफुँ चुनाबमा लडेको बताए ।

बाम गठबन्धनको केन्द्र देखि प्रदेस सम्म बन्ने सरकारले कार्यान्वयन गर्ने योजनाहरुले यस जिल्लाको मुहार फेरिने उनको भनाई थियो । शिक्षा, स्वास्थ्य, पुर्बाधार र समग्र बिकासका क्षेत्रमा जिल्लालाई नमुना बनाउने उनले प्रतिबद्धता जनाए ।

प्रदेससभा सदस्य नेत्र अधिकारीले जनता संग आफुँले गरेका सबै प्रतिबद्धता पुरा गरेरै छाड्ने बताए । उनले देश बिकास हुन नसक्नुमा भ्रष्टचार प्रमुख कारण भएकाले यसको अन्त्यका लागि आफुले काम गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रदेशसभा सदस्य बिकास लम्सालले चार बर्ष आफुँ साँसद हुँदा सुरु गरेका बिकास योजनाहरु पुरा गर्न यस पटक जनताले जिताएको बताउँदै कालीगण्डकी लोकमार्ग पुरा गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

संयुक्त बाम गठबन्धन जिल्ला संयोजक समितिका सदस्य भक्त कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पर्वतका सचिब तथा फलेबास नगरपालिकाका मेयर पदमपाणी शर्माले स्वागत र माओबादी केन्द्रका जिल्ला नेता ढाकाराम गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here