२४ मंसीर

पर्वत । नेपाली काग्रेंसका केन्द्रीय सदस्य एवं पूर्व सांसद अर्जुन प्रसाद जोशीले पर्वतमा निर्वाचन परिणाम सार्वजनिक भैसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै भन्नू भयो, “अब म पार्टीको सुदृढीकरण र आफुले थालेका विकासका अधूरा कार्य पूरा गर्न लागिपर्छु ।”

नेता जोशीले पार्टीका उम्मेदवारहरुले पराजय भोग्नु परे पनि जनताको विचारलाई आफूहरुले जित्न सफल भएको जिकिर गर्दै निर्वाचनमा सहभागी हुने आम मतदाता, निर्वाचन सफल बनाउने निर्वाचन आयोग, सुरक्षा निकाय, स्थानीय प्रशासन, नागरिक समाज, पत्रकार र सबै शुभचिन्तक,शूभेक्षूकहरुलाई धन्यवाद दिनूभएको छ । नेपाली काँग्रेसले चुनाव हारे पनि जिल्लाको विकास र जिल्लालाई समृद्धितर्फ लाने विषयम काँग्रेसको सदैव साथ र सहयोग रहने उहांले वताउनू भयो । वि सं २०५६ यता सम्पन्न निर्वाचनमा तीन पटक जितेका जोशीको यो पहिलो पराजय हो । वि सं २०५६,२०६४ र २०७० मा सम्पन्न निर्वाचनमा विजय प्राप्त गरि ह्याट्रीक गर्नुभएका जोशी २०७४ को निर्वाचनमा वामगठवन्धनका उम्मेदवार संग पराजित हुनू भएको हो ।

नेता जाशीले कांग्रेसको अगूवाईमा संविधान निर्माण भएकाले त्यसको पूर्ण कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी रहेको छ । संविधान कार्यान्वयनको पहिलो खुट्कीला यो संसदीय निर्वाचन रहेको थियो त्यो काग्रेसको नेतृत्वमा संपन्न भएको छ । कांग्रेस आफू निर्वाचन हारेता पनि देशले जितेको छ । यो निर्वाचन वाट देशले निकास पाएको छ । हामी चूनावमा पराजित भएता पनि संविधानको कार्यान्वयनका लागी पूरा चक्र पार गरेका छौं । जनताको जित भएको छ । नेपालमा राजनैतिक क्रान्ति नेपाली कांग्रेसको अगुवाईमा सम्पन्न भई समृद्धिको अभियानमा रहेको अवस्थामा हामीले विजारोपण गरेका धेरै विकासका पुर्वाधारहरु पूरा गर्ने अभिभारा रहेको छ । त्यो पूरा गर्ने तर्फ म र नेपाली काग्रेस अविचलित रुपमा लागीरहने धारणा राख्नू भयो ।

नेता जोशीले निर्वाचन परिणामबाट आफू विचलित नभएको वताउनु भएको छ । ‘दुई प्रमुख शक्तिसँग एक्लै लड्नु अवस्य पनि चुनौति थियो, म पराजित भएपनि कुनै पश्चाताप र हिनताबोध छैन ।’–उहाँले भन्नुभयो । हिजोजस्तै भोलिपनि जिल्लाको विकास र समृद्धिको अभियानमा लाग्ने र कुनैपनि काँग्रेस कार्यकर्ताको मनोबल गिर्न नदिने प्रतिवद्धता जनाउनु भएको छ ।

नेता जोशीले जिल्लाबाट निर्वाचित तिनैजना उमेद्वारहरुलाई बधाई दिनुभएको छ भने भोलिका दिनमा पर्वतको विकासका लागि उहाँहरुसँग सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

पराजयको कारणलाई स्मरण गर्दै जोशीले मैले विकास निर्माणलाई वढी जोड दिए तर संगठनलाई कम ध्यान दिए कि जस्तो महसूस भएको छ । विकास निर्माण संगै व्यक्ति व्यक्तिका आवश्यकताहरु समेत संवोधन गर्नुपर्ने ज्यादै कठिन कार्य रहेको थियो । उहाँले पर्वतमा काँग्रेस पराजित हुनुको प्रमुख कारण दुई प्रमुख राजनीतिक शक्तिको चुनावी तालमेल, जनतालाई उधारो सपनाको व्यापार र अथाह पैसाको चलखेल रहेको दावी गर्नुभयो । नेता जोशीले विगत १८ बर्षमा पर्वतमा आफूले धेरै विकास गरेर पनि गरेका कामको प्रचारप्रसार गर्न नसक्नु पनि पराजयको कारण रहेको वताउनु भएको छ । ‘मैले विगतमा जिल्लाको बाटो, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य र जनताको आयआर्जनमा धेरै काम गरेँ तर पनि कामको सकरात्मक प्रचार हून नसक्नू हो तर आज जनतामा विकासको उधारो कारोवार गर्नेहरुले वाजी मारे ।’–जोशीले भन्नुभयो । हामी अहिले पनि जनताको मन मनमा छौं तर प्राविधिक कारणले मात्र चूनाव हारेका हौं आम मतदाताको मन त हामीले जितेका छौं ।
प्रदेशसभा १ क का उम्मेदवार नवराज गूरुङले लोकतान्त्रिक पद्धतीको विकासका लागी नेपाली कांग्रेस सधै लडिरहने धारणा राख्नु भयो । उधारो सपनालाई जनताका विचमा चिर्न नसक्नूले पनि काँग्रेसले हार बेहोर्नु परेको बताउँदै पार्टी र संगठनभित्र कमीकमजोरीको समीक्षा गरेर अगाडि बढ्ने जानकारी दिनुभयो । उहांले मतदानमा सहभागीहूने आम मतदातालाई धन्यवाद एवं आभार व्यक्त गर्दै छिट्टै जनताको घरदैलोमा पुग्ने वाचा गर्नु भयो ।

प्रदेशसभा २ ख का उम्मेदवार राजेन्द्र तिवारीले पर्वतको विकास र समृद्धिका लागी सधै अविचलीत भई लागीरहने धारणा राख्दै विजयी उम्मेदवारहरु संग पर्वतको विकासका लागी हातेमालो गर्ने धारणा राख्नू भयो । उहांले पनि मतदानमा सहभागी हूने आम मतदातालाई धन्यवाद ज्ञापन गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here