२४ मंसीर

पर्वत, पर्वतको प्रतिनिधीसभा र प्रदेशसभाका दुईवटै क्षेत्रमा बामपन्थी उमेदवार बिजयी भएका छन ।
पर्वतमा पहिलो पटक बामपन्थी उमेदवारहरुले लोकतान्त्रिक गठवन्धनका उम्मेदवारलाई हराएर सवै क्षेत्र जित्न सफल भएका हुन । मतगणना सकिएपछि परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

एमालेबाट प्रतिनिधीसभा सदस्य पदका उमेदवार पदम गिरीले ३९ हजार २ सय ७५ मत ल्याई प्रतिष्पर्धी लोकतान्त्रिक गठवन्धनका अर्जुनप्रसाद जोशीलाई १२ हजार ४ सय ४६ मत मतले पराजित गरेका छन । नेपाली कांग्रेसका अर्जुन प्रसाद जोशीको २६ हजार ८ सय २९ मत प्राप्त गरेका छन् । पर्वत क्षेत्र नं १ मा तीन पटक चुनाब जितेर ह्याट्रिक गरेका जोशीले २०५६, २०६४ र २०७० मा चुनाब जितेका थिए ।

यसैगरी प्रदेशसभा १ मा बाम गठबन्धनका उमेदवार माओबादी केन्द्रका नेत्रनाथ अधिकारीले २१ हजार ५ सय ८ मत प्राप्त गरि ४ हजार ८ सय २३ मतले लोकतान्त्रिक गठवन्धनका उमेदवार नवराज गुरुङ्गलाई पराजित गरेका छन । गूरुडले १६ हजार ६ सय ८५ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा २ मा एमालेका बिकास लम्सालले १५ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् । उनले १ हजार ९ सय ९० मतले लोकतान्त्रिक गठवन्धनका उमेदवार राजेन्द्र तिवारीलाई पराजित गरेका हुन । तिवारीले १३ हजार ४ सय ४४ मत प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here