२३ मंसीर
पर्वत,पर्वतको प्रतिनिधीसभा र प्रदेशसभाको मतगणना तिव्ररुपमा चलिरहेको छ । तीन वटै सिटमा बाम गठबन्धनका उमेदवारले अग्रता लिएका छन ।
पर्वतको मत परिणाम अनूसार यो समचार तयार पार्ने समय सम्म प्रतिनिधीसभाका उमेदवार नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले ११ हजार ८ सय ९ प्राप्त गरेका छन भने एमालेका पदम गिरीले १६  हजार ७ सय ६८ मत प्राप्त गरेका छन ।
यसैगरी प्रदेशसभा १ मा उमेदवार नेपाली कांग्रेसका नवराज गुरुङ्गले ६ हजार ४ सय २१ नव्वे मत प्राप्त गरेका छन भने  बाम गठबन्धन  माओबादी केन्द्रका नेत्र अधिकारीले ६ हजार ९ सय ५  मत प्राप्त गरेका छन ।
प्रदेशसभा २ मा नेपाली कांग्रेसका राजेन्द्र तिवारीले ६ हजार ५ सय ३५ मत प्राप्त गरेका छन भने एमालेका बिकास लम्सालले ७ हजार २ सय ८१  मत प्राप्त गर्दै अग्रता लिएका छन । प्रतिनिधीसभा र प्रदेशसभा अन्तरगत हाल सम्म कुस्मा नगरपालिकाको वडा नं १ पाङ्ग र फलेबास नगरपालिकाको वडा नं २ थापाठाना,भोर्ले,देविस्थान,रानीपानी,वाजुड,तिलाहार,जलजलाको ४ नम्वर वडा,वाच्छा,सरौखोला,शंकरपोखरी,कार्किनेटा,खानीगाए,लिमिठाना,भूक देउराली,कूश्मा न पा ४ ,५ र ६ लगायतको वडामा मतगणना सम्पन्न भएको छ । पर्वतको पछिल्लो नतिजा , कुन कुन केन्द्रमा गणना भयो, कसले कति मत पायो , विवरण तल उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here