२३ मंसीर
पर्वत,पर्वतको प्रतिनिधीसभा र प्रदेशसभाको मतगणना तिव्ररुपमा चलिरहेको छ । तीन वटै सिटमा बाम गठबन्धनका उमेदवारले अग्रता लिएका छन ।
पर्वतको मत परिणाम अनूसार यो समचार तयार पार्ने समय सम्म प्रतिनिधीसभाका उमेदवार नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले ६ हजार ७ सय १७ प्राप्त गरेका छन भने एमालेका पदम गिरीले ९ हजार ६५ मत प्राप्त गरेका छन ।
यसैगरी प्रदेशसभा १ मा बाम गठबन्धनका उमेदवार नेपाली कांग्रेसका नवराज गुरुङ्गले ३ हजार ३ सय ९८ नव्वे मत प्राप्त गरेका छन भने माओबादी केन्द्रका नेत्र अधिकारीले ४ हजार ३६ मत प्राप्त गरेका छन ।
प्रदेशसभा २ मा नेपाली कांग्रेसका राजेन्द्र तिवारीले ३ हजार ३ सय १३ मत प्राप्त गरेका छन भने एमालेका बिकास लम्सालले ३ हजार ३ सय ८५ मत प्राप्त गर्दै अग्रता लिएका छन । प्रतिनिधीसभा र प्रदेशसभा अन्तरगत हाल सम्म कुस्मा नगरपालिकाको वडा नं १ पाङ्ग र फलेबास नगरपालिकाको वडा नं २ थापाठाना,भोर्ले,देविस्थान,रानीपानी,वाजुड,तिलाहार,जलजलाको ४ नम्वर वडा लगायतको मतगणना सम्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here