काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

निकटतम प्रतिष्पर्धीसँग शुरुवातमा पछाडी परेपनि  गगनले १५ हजार ९ सय १८ मत प्राप्त गरि अगाडी बढेका छन्।

थापाका निकटतम् प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १४ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् ।

वुढानिलकण्ठ नगरपालिकाको मतगणना सकेर काठमाडौं महानगरपालिकामा मतगणना प्रवेश गरेसँगै थापाको अग्रता फराकिलो भएको हो।

विवेकशील साझाकी सुबुना बस्नेतले १ हजार ७ सय ३ मत प्राप्त गरेकी छिन्।

महानगरपालिकाका ४ वडा मध्ये वडा नम्वर ७ र ८ को मतगणना सकिएको छ। अब  ३० र १ को मतगणना गन्न बाँकी रहेको बताइएको छ।

काठमाडौं ४को यो चुनावलाई धेरैले महत्वका साथ हेरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here