२२ मंसीर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनमा खाता खोलेको छ । मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मतमात्र ल्याए ।

यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा थकालीले जित हासिल गरेका थिए । उनी त्यसपछि मन्त्रीसमेत भएका थिए ।

मुस्ताङमा पहिलो चरणमा मंसिर १० गते मतदान भएको थियो भने बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको थियो ।

वाम गठबन्धन प्रमुख घटक एमालेले प्रदेशसभामा पहिलो जित हासिल गरेको छ । मुस्ताङको प्रदेश ‘क’ बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रदेशसभा सदस्यमा निर्वाचित विष्टले ११६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका छिरिङधावा गुरुङले ६५७ मत ल्याएका छन् ।

यसैगरी मुस्ताङको प्रदेशसभा ‘ख’ मा पनि वाम गठबन्धनबाट एमाले उम्मेदवार महेन्द्रबहादुर थकालीले २५८४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले २२५९ मत प्राप्त गरेका छन् । यसरी मूस्ताडका ३ वटै सीट वाम गठवन्धनले जित हासील गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here